ईभी एक्स्पोलाई वातावरण मन्त्रीको असहयोग

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ईभी एक्स्पोमा वातावरण मन्त्रालयले सहयोग नगरेको आयोजकले जनाएको छ । नाडा अध्यक्ष अध्यक्ष ध्रुव थापाले आज आयोजित पत्रकार सम्मेलनमा वातावरण मन्त्रालयले ईभी एक्स्पोमा कुनै किसिमको चासो नदेखाएको बताए ।

‘विद्युतीय गाडीको प्रयोग बढाउनुको पहिलो उद्देश्य नै वातावरणमैत्री भएकाले हो । विश्व जलवायू परिवर्तनको चपेटामा परिरहेको समयमा चर्चामा रहेको ईभी सम्बन्धी नेपाल मै पहिलो एक्स्पो आयोजना गर्दा मन्त्रालय र मन्त्री ज्यूको सहयोग नपाउँदा मलाई आश्चर्य लागेको छ’, नाडा अध्यक्ष थापाले भने ।

वातावरण मन्त्रालयले वातावरण सुधारको क्षेत्रमा कोशेढुङ्गा सावित हुने विद्युतीय साधनमा चासो नदेखाएर यूरो ६ लागु गर्न भने तदारुकता देखाएको थापाको भनाई थियो । उनले भने, ‘कुनै अध्ययन अनुषन्धान विना वातावरण मन्त्री यूरो सिक्स लागु गरिहाल्नु पर्छ भन्दै हुनुहुन्छ । अहिलेको सिथिल अर्थतन्त्रमा कमर्शियल गाडीमा यूरो सिक्स लागु गर्नु भनेको ३० प्रतिशत बढी रकम बाहिर पाठाउनु हो ।’

नाडा अध्यक्ष थापाले सरकारले आफु सार्वजनिक यातायातमा लगानी पनि नगर्ने र निजी क्षेत्रले पनि लगानी गर्न नसक्ने अवस्था सृजना गर्न तल्लीन रहेको बताउँदै भने, ‘यूरो ६ मापदण्डको लागि हाम्रा वर्कसप, मेकानिक्स, उच्च गुणस्तरको पेट्रोलियम पदार्थको आयात र सवारी परिक्षण प्रविधिको विकास नै हुन सकेको छैन । यस्तोमा कसरी यूरो सिक्स मापदण्ड लागु हुन सकिन्छ रु’

सरकारले ईभीको विकास र विस्तारमा प्रतिबद्धता जनाउदै नीतिगत स्थिरता दिने हो भने नेपालमा नै विद्युतीय सवारीसाधन उत्पादनमा निजी क्षेत्रले लगानी गर्ने थापाको भनाई थियो ।

ईभी अटो एक्स्पो २०२२ का संयोजक अनुपकुमार बरालले पहिलो पटक हुन लागेको मेलामा ५१ वटा स्टल रहने जानकारी दिए । उनका अनुसार ७ वटा फोर ह्वीलर, एउटा थ्री ह्वीलर, १६ वटा टु ह्वीलर र २६ वटा विभिन्न कम्पोनेन्टका स्टल रहने छन् ।

नाडाले अटो एक्स्पो अवलोकन गर्न चाहने जो कोहीले ५ दिन भित्र खल्ती मार्फत टिकट बुकिङ गर्दा ५० रुपैयाँ डिस्काउन्ट पाइने जानकारी दिएको छ । ५ दिन भित्रै खल्तीबाट टिकट काट्नेले १५० रुपैयाँ तिर्दा पुग्छ भने त्यसपछि टिकट काट्नेले २०० रुपैयाँ तिर्नु पर्ने छ ।

थामिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

थामिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नबिल बैंकले एकैदिन खोल्यो ८ नयाँ शाखा Read Next

नबिल बैंकले एकैदिन खोल्यो ८ नयाँ शाखा