थामिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो गिरावट आएको छ । आइतबार ११ अंकले घटेको नेप्से आज सोभन्दा धेरै अंकले घटेको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से २५ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको ८३ करोड १६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावरको पौने ३ करोड र हिमालयन डिस्ट्रीलरी साढे २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिबेन्चरधनीले सर्वाधिक ९.५८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सामुदायिक लघुवित्त ५.८७, अपर हेवाखोला ४.१५, दोर्दीखोला ४.१४, माउन्टेन इनर्जी, शिवश्री हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

तातोपानी नाकाबाट आउन थाल्यो सामान, दुई दिनमा भित्रिए ८ कन्टेनर Read Previous

तातोपानी नाकाबाट आउन थाल्यो सामान, दुई दिनमा भित्रिए ८ कन्टेनर

ईभी एक्स्पोलाई वातावरण मन्त्रीको असहयोग Read Next

ईभी एक्स्पोलाई वातावरण मन्त्रीको असहयोग