काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेकोे छ । यसदिन नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ को बिन्दुमा रोकिएको हो ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार २२४ कम्पनीको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँमा किनबेच भएको हो ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्यूचअल फन्ड बाहेक सबैको सेयर मूल्य घटेको छ । यस समूहको १ प्रतिशतभन्दा कमले बढेको छ । यसदिन सबैभन्दा धेरै ट्रेडिङ समूहको २.४३ प्रतिशत सेयर मूल्य घटेको छ ।
आज सर्वाधिक कारोबार हुनेमा नेपाल दूरसंञ्चार कम्पनी रहेको छ । यसको सेयर कारोबार ५ करोड रुपैयाँ बढी बराबरको भएको छ । दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड बढी र रिडी पावर कम्पनीको ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा सनराइज फस्र्ट म्यूचअल फन्डको ७.७२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ६ प्रतिशत बढीले सेयर मूल्य बढेको छ ।
यसदिन सबैभन्दा धेरे गुमाउनेमा प्राइम डिबेन्चरका लागानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाएका छन् । यसैगरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संसथाका लगानीकर्ताले ५ प्रतिशत बढीले गुमाएको नेप्सेले जनाएको छ ।