बिहीबारदेखि नेपाल पूर्वाधार सम्मेलन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण विहिबारदेखि काठमाडौंमा हुँने भएको छ।

सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुने परिसंघले जनाएको छ ।

सम्मेलनको उदेश्य विकासका लागि पूर्वाधार रहेको छ । नेपालले आर्थिक वर्ष २०७९र८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । कोभिड पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको परिसंघको जनाएको छ ।

नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्ने विश्वास लिएको छ ।

यस्तै, सम्मेलनले नयाँ वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्नेछ ।

परिसंघका अनुसार पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच रुपमा छलफल हुनेछ । संघले सरकारसँगको साँझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ ।

एशियन लाइफको बीमा समितिबाट लाभांश स्वीकृत Read Previous

एशियन लाइफको बीमा समितिबाट लाभांश स्वीकृत

लयमा फर्किदै सौराहाका पर्यटन व्यवसाय Read Next

लयमा फर्किदै सौराहाका पर्यटन व्यवसाय