सेयर बजारमा लगातार गिरावट, यी हुन धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । लगातार ओरालाे लागिरहेकाे सेयर बजारमा मंगलबार पनि गिरावट आएकाे छ । आज नेप्से सूचक २१.१६ अंकले घटेर १९५१.८४ काे विन्दुमा राेकिएकाे हाे।

यसदिन १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । काराेबारमा आएका १३ वटा उपसमूह मध्ये म्युचुअल फन्डबाहेक सबैकाे सूचक घटेकाे छ ।

वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धिका कारण बजार निरन्तर ओरालाे लागिरहेकाे सेयर बजारका जानकारहरू बताउँछन् ।
यस दिन २२७ कम्पनीको ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।

आज सर्वाधिक काराेबार हुनेमा ९ करोड रुपैयाँभन्दा बढीसहित हिमालयन एभरेष्ट इन्सुरेन्स पहिलाे स्थानमा रहेकाे छ ।
दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर परेका छन् ।

आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यश कम्पनीको सेयर मूल्य यसदिन ९.६८ प्रतिशतले बढेकाे छ।

आज सबैभन्दा धेरै गुमाउनेमा सानिमा माई हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । यश कम्पनीको सेयर मूल्य आज ७ प्रतिशत बढीले घटेकाे छ । यसैगरी,हिमालयन एभरेष्ट कम्पनीकाे मूल्य ६ प्रतिशतबढीले घटेकाे छ ।

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा Read Previous

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको २७३ औँ एटीएम बुटवलको देवीनगरमा Read Next

ग्लोबल आइएमई बैंकको २७३ औँ एटीएम बुटवलको देवीनगरमा