काठमाडौं। सानिमा माई हाइड्रोपावर कम्पनीले नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
यस कम्पनीको लाभांश आधा घटेको छ । आर्थिक वर्ष २०७७र७८ मा १० बोनस सेयरसहित कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको छ।
जसको ५.२६ प्रतिशत अर्थात १६ करोड २५ लाख रुपैयाँ कम्पनीले गत आर्थिक वर्षका लागि नगद लाभांश दिने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ भने ११औं साधारणसभा कात्तिक २ मा तय गरेको छ ।