सिक्लेस हाइड्रोपावरको आईपीओ भदौ २९ देखि, कति कित्ता दिने आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले भदौ २९ गतेदेखि (साधारण सेयर)आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।

जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।

कम्पनीका अनुसार सर्वसाधारणले बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनसक्नेछन् ।

छिटोमा असोज २ गते र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ कम्पनीले जनाएको छ। केयर रेटिङ्ग नेपाले यस कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बताउँछ।

गल्तीले एक महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि.. Read Previous

गल्तीले एक महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि..

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न नियमावली संशोधन Read Next

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न नियमावली संशोधन