बागमती ब्यूटिफिकेसन : म्याद सकिन ५ महिना, १० प्रतिशत काम अझै बाँकी

काठमाडौं । बागमती ब्यूटिफिकेसनको निर्माण अवधि सकिन ५ महिना मात्र बाँकी रहेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जीनीयर मिहिर आचार्यले आयोजना अन्तर्गत हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको बताए ।

उनका अनुसार हाल आयोजना अन्तर्गत गुहेस्वरी–गोकर्णको ६.१ किलोमिटर खण्डमा पार्क बनाउने काम भएपनि बोटबिरुवा रोप्ने काम बाँकी रहेको छ । उनले सबै जसो ठाउँमा बोटविरुवा रोप्न बाँकी रहेको बताए ।

परियोजनाको निमार्ण अवधि सकिने समय नजिकीए पनि १० प्रतिशत काम भने अझै बाँकी रहेको छ । यू.एन.–तिलगंगा तर्फ ९ सय मिटरमा ब्यूटिफिकेसनको काम सम्पन्न भइसकेको छ ।

सो क्षेत्रको सुकुम्बासी स्थानमा ३ किलोमिटर निर्माण हुन सकेको छैन । त्यसका लागि नामसहित मन्त्रालयमा पत्र पठाइएको उनले बताए । ‘काम भइरहेको छ, ९० प्रतिशत काम सकिसक्यो, अब बोटबुट्यान लगाउने काम मात्र बाँकी हो,’ आचार्यले चाणक्यपोष्टसँग भने ।

उनले गुजेश्वरी–गोकर्ण क्षेत्रमा काम अन्तिम चरणमा रहेको बताए । सडकको कामसडक डिभिजनको जिम्मा भएका कारण नगरिएको उनले बताए । उनले हाल खोला किनारामा वाल लगाउने, पौवा, पाटी, बनाउने काम भएको बताए ।

आयोजनाका इन्जीनियर आचार्यले बागमती ब्यूटिफिकेसनको काम तोकिएको समयभन्दा १ महिना अघि हस्तान्त्रण गर्ने गरी निर्माण व्यवसायीले कार्यक्रमहरु प्रस्तु गरेको बताए ।

पहिलो ठेक्का अवधि सकिदा समेत निर्माण पुरा गर्न नसकेको ‘ल्याण्डेल मिल्स’ कन्सलटेन्ट कम्पनीलाई पुन ठेक्का दिइ काम निरन्तर अघि बढाइएको हो । सो कन्सलटेन्टले २०७३ मंसिर १ गते ठेक्का लिएको थियो ।

उसको ठेक्का २०७७ असोज २५ गते नै सकिएको थियो । झण्डै १८ महिना ठप्प रहेको उक्त ब्यूटिफिकेसनको कामले पछिल्लो समय गति लिएको हो । दोस्रो भागमा इपिट्सा (इपिटिआईएसए) कनसलटेन्टले काम गरिरहेको छ । सो खण्ड अन्तर्गत यूएन–तिनकुने–बल्खुमा ब्यूटिफिकेसनको काम भइरहेको छ ।

बागमती ब्युटिफिकेसन परियोजना अन्तर्गत गोकर्णदेखि गुह्येश्वरीसम्म ६.१ किलोमिटर क्षेत्रफल र तिलगंगादेखि भत्केको पुलसम्म ९०० मिटर गरी कुल ७ किलोमिटर क्षेत्रफल समावेश रहेको छ ।

आयोजना अन्तर्गत परेको ६१० रोपनी जग्गाको मुआब्जा सरकारले तिरिसकेको छ । उक्त जग्गाको लागि ७१ करोड ३४ लाख रुपैंया मुआब्जा वितरण गरिसकेको आयोजनाका प्रवक्त कमल अर्यालले बताए ।

यस्तै स्थानीयहरुले बाग्मती ब्यूटिफिकेसन परियोजना निर्माण अन्तर्गत खोलाभित्र परेको १ सय ८८ रोपनी जमिनमा स्थानीयले मुआब्जा माग गरेका थिए । कानुन अनुसार खोलाको पानी बगेको क्षेत्रमा जोकोहीको जग्गा परे पनि त्यो स्वतः नेपाल सरकारको हुने र यस्तो जग्गाको कुनै पनि मुआब्जा वितरण गर्नु नपर्ने प्रावधान रहेको अर्यालले बताए ।

सो मुआब्जा नदिएको भन्दै स्थानीयले अवरोध गरेको भए पनि हाल सो समस्या समाधान भइसकेको उनले बताए । सो विषयमा समस्या समाधानपछि बागमती ब्यूटिफिकेसनको कामले गति लिन थालेको छ । यस अघि कोभिडका कारण निर्माण सुरु भएको ६ वर्ष वितिसक्दा समेत आयोजनाले गति लिन सकेको थिएन्।

सेयर मार्केटमा गिरावट, यी कम्पनीको मूल्य घट्यो धेरै Read Previous

सेयर मार्केटमा गिरावट, यी कम्पनीको मूल्य घट्यो धेरै

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने Read Next

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने