काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको परिसूचक सोमबार घटेको हो । यसदिन नेप्से ४.२९ अंकले घटेर १९७३.०१ को बिन्दुमा रोकिएको छ ।
आज २२४ कम्पनीको २० हजार पटकको कारोबारमा २३ लाख ३ हजार बढी कित्ता सेयर किनबेच भएको छ । यसदिन कारोबार कममा पनि गिरावट आएको छ ।
आज ८५ करोड ५९ लाख ९६ हजार ६६८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यसदिन कारोबारमा आएका १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । आज रिडीपावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
हिमालय एभरेष्ट इन्स्योरेन्स र नबिल बैंकको ४/४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने नेष्डो सम्वृद्ध लघुवित्त र नेपाल दुरसंञ्चारको २/२ करोड रुपैयाँ बढीको कारोबार हुँदै शीर्ष पाँचमा रहे ।
घटेको बजारमा मैलुङग खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सर्वाधिक ७ प्रतिशत बढीले कमाएका छन् भने ररु जलविदुतका लगानीकर्ताले साढे ६ प्रतिशतले गुमाएका छन् । यसैगरी,आशा लघुवित्त र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३/३ प्रतिशत बढीले गुमाएका छन् ।