होण्डाले ल्यायो आकर्षक दशैं अफर

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिब कम्पनीले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले स्क्रयाच कुपन मार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नेछन् ।

यसैगरी,७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सकिने बिकेताले जनाएको छ । कम्पनीका अनुसार १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ ।

यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुने होण्डाले जनाएको छ । सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको उद्घाटन Read Previous

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको उद्घाटन

यसरी बन्यो ‘स्काइ क्याफे’देखि बन्जीको पर्यटकीय हब कुश्मा Read Next

यसरी बन्यो ‘स्काइ क्याफे’देखि बन्जीको पर्यटकीय हब कुश्मा