जुम्लामा केबलकारको सम्भाव्यता अध्ययन, लागत ४ अर्ब

जुम्ला । जुम्लामा केबलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।

केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए।

धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउँछन् । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ ।

दानसाँघुदेखि चिमारासम्म केबलकार सञ्चालन गर्न करिब रु ४ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

 

निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Previous

निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर कति पुग्यो ?

वित्तीय संकटले देशलाई आर्थिक मन्दीमा धकेल्दै Read Next

वित्तीय संकटले देशलाई आर्थिक मन्दीमा धकेल्दै