काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका बैंकिङ सेवा तथा कारोबार ३ दिन बन्द हुने भएको छ ।
बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैंकिङ सिस्टम प्रयोगमा ल्याउन भदौ १७ देखि १९ गतेसम्म बैंकिङ सेवाहरु बन्द गर्ने भएको हो ।
बैंकका अनुसार भदौ १७ गते शुक्रबार सन्ध्याकालीन काउन्टरहरू, १८ गते शनिबार बिदा काउन्टरहरू, भदौ १९ गते आइतबार सम्पूर्ण बैंकिङ कारोबारहरू बन्द हुनेछ ।
त्यसैगरी, भदौ १७ गते बेलुका ६ बजेपछि इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड, रेमिट्यान्टस लगायतका सम्पूर्ण बैंकिङ सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।
कोर बैंकिङ सिस्टम परिर्वतनपछि ग्राहकले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त दिनहरूमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मिति अगावै गर्न ग्राककलाई बैंकले आग्रह समेत गरेको छ ।
