एनएमबी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट ३ अर्ब ऋण ल्याउने

काठमाडौं । एनएमबी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआइआइ)बाट २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २० कराेड नेपाली रूपैयाँ) को आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

एनएमबी बैंक बीआइआइबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्नेछ ।

यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्नेछ ।

एनएमबी बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा Read Previous

ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा

रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डबाहकले विशेष छुट पाउने Read Next

रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डबाहकले विशेष छुट पाउने