शिव श्री हाइड्रोपावरको साढे ३३ लाख कित्ता आइपीओ बिक्री खुल्ला

काठमाडौं । शिव श्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १४० कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) आज (असोज १६) देखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १ सयका दरले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीको निष्काशन गरेको हो ।

 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।

 

कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएको थियो ।

 

यस आइपीओमा असोज २४ गतेसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक १५ गतेसम्म भर्न सकिने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

 

यस आइपीओको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

 

शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कूल लागत ४ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत २२ करोड ४५ लाख ९४ हजार रहेको छ ।

 

शिव श्री चालू आर्थिक वर्षमा आइपीओ बिक्री गर्ने पहिलो कम्पनी हो ।

रुग्ण जलविद्युत आयोजनाका समस्या समाधान नगरे ५२ अर्ब लगानी डुब्ने खतरा Read Previous

रुग्ण जलविद्युत आयोजनाका समस्या समाधान नगरे ५२ अर्ब लगानी डुब्ने खतरा

‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत, देशभर १३१ मालपोतमा अनलाइन प्रणाली जडान गरिने Read Next

‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत, देशभर १३१ मालपोतमा अनलाइन प्रणाली जडान गरिने