नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । पछिल्ला ३ कारोबार दिनमै ७० अंकले घटेको नेप्सेमा आज झिनो सुधार आएको हो ।

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८० करोडले घटेर सवा १ अर्बमा सीमित भएको छ ।

सोमबार नेप्से ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार २२२ कम्पनीको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ९ समूहको परिसूचक हरियो भएको छ भने ४ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज वीन नेपाल लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ७.४८ प्रतिशत कमाएका छन् ।

त्यसैगरी, रिलायन्स फाइनान्स ६.६४, मैलुङखोला जलविद्युत् ५.८४, सिभिल लघुवित्त ४.९६, समता लघुवित्त ४.६३, नारायणी विकास बैंक ४.१८, युनाइटेड मोदी, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

नयाँ ब्रोकर लाइसेन्स रोकिएको भन्दै लगानीकर्ताद्धारा अन्दोलनको चेतावनी Read Previous

नयाँ ब्रोकर लाइसेन्स रोकिएको भन्दै लगानीकर्ताद्धारा अन्दोलनको चेतावनी

चालु पूँजी कर्जामा कडाइले उद्योग बन्द गर्नुपर्ने अवस्था आउँछ : उद्योग संगठन मोरङ Read Next

चालु पूँजी कर्जामा कडाइले उद्योग बन्द गर्नुपर्ने अवस्था आउँछ : उद्योग संगठन मोरङ