नयाँ ब्रोकर लाइसेन्स रोकिएको भन्दै लगानीकर्ताद्धारा अन्दोलनको चेतावनी

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया मन्त्रीपरिषदमा रोकिएको भन्दै लगानीकर्ताहरुले अघि बढाउन माग गरेका छन् । सोमबार नेपाल इन्भेष्टमेन्ट फोरम, सेयर लगानीकर्ता संघ र पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गदै नयाँ ब्रोकर थप गर्ने प्रक्रिया सरकारले अघि नबढाए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको संञ्चालक समितिले तीन तहको नयाँ ब्रोकर थप गर्ने निर्णय गरेको गरिसकेको छ । पुँजीबजार विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने तीन तहको नयाँ ब्रोकर थप गर्ने सम्बन्धमा धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रीपरिषद्‌मा पुगिसकेको अवस्थामा मन्त्रीपरिषद्का सदस्यबाट सिन्डिकेटलाई नै निरन्तरता दिने खालका गतिविधि आएको लगानीकर्ताको आरोप छ ।

धितोपत्र बोर्डबाट पास भई मन्त्रीपरिषद्बाट पास हुने उक्त संशोधित धितोपत्र व्यवसायी नियमावली २०६४ ढिलासुस्ति भएकोले सम्पूर्ण लगानीकर्ताहरूमा संशय उत्पन्न भएको उनीहरुको भनाइ छ ।

बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न लगानीकर्ताले आग्रह गरेका छन् । उक्त प्रक्रिया रोकिएमा ५२ लाख लगानीकर्ताहरू आन्दोलित हुन बाध्य हुने लगानीकर्ताहरुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

८५ दिनमा ६ अर्बको बिजुली विक्री, तामाकोशीको सहित थप ६०० मेगावाट निर्यातको प्रस्ताव Read Previous

८५ दिनमा ६ अर्बको बिजुली विक्री, तामाकोशीको सहित थप ६०० मेगावाट निर्यातको प्रस्ताव

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी