नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमा झिनो अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १९ करोड बढेर पौने २ अर्ब पुगेको छ ।

बिहीबार नेप्से १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २१९ कम्पनीको १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रुपैयाँ बराबरको ४२ लाख ३४ हजार १३७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.२० प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ११करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर ९ करोड र नेष्डो लघुवित्त ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज मैलुङखोला जलविद्युत्का सेयरधनीले सबैभन्दा धेरै ५.८२ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, मल्टीपर्पस फाइनान्स ४.२७, खानीखोला हाइड्रोपावर ४.१८, सूर्योदय वोमी लघुवित्त ४.०९, दोर्दीखोला, छ्याङ्दी, न्यादी, रिभर फल्स पावर, गुह्येश्वरी मर्चेन्ट र ओरेन्टल होटलको सेयरमूल्य साढे ३ प्रतिशतले घटेको छ ।

दशैँअघि देशभरका मुख्य सडक खाल्डाखुली मुक्त बनाइने, ३३ डिभिजनले काम गर्दै Read Previous

दशैँअघि देशभरका मुख्य सडक खाल्डाखुली मुक्त बनाइने, ३३ डिभिजनले काम गर्दै

'हरित ऊर्जा'का लागि लगानी जुटाउन सामूहिक प्रयास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल Read Next

'हरित ऊर्जा'का लागि लगानी जुटाउन सामूहिक प्रयास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल