भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै

काठमाडौं । भारत विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ । मणिपुर राज्यको राजधानी इम्फाल नजिकै १४१ मिटर अग्लो रेलवे पुल निर्माण गरिरहेको हो ।

इम्फाल र जिरीविम जोड्ने १११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा विश्वकै अग्लो रेलवे पुल निर्माण सम्पन्न हुने क्रममा रहेको हो ।

उक्त पुलको करिब ७५ प्रतिशत काम पूरा भइसकेको छ । पुलको उचाइ १४१ मिटर र लम्बाइ ७०३ मिटर रहेको छ ।

पहाडी राज्य मणीपुरमा निर्माणाधीन यस रेलवे लाइनमा ५२ वटा सुरुङमार्ग रहेका छन् भने १२९ वटा पुल मध्ये ११ वटा ठूला पुल रहेका छन् । ती मध्येकै नोनेपुल सबैभन्दा उच्च स्थानको पुल भएको भारतीय रेलवेले बताएको छ ।

यो पुल निर्माणपछि १२ घण्टा लाग्ने यात्राको दूरी साढे दुई घण्टामा छोटिने बताइएको छ । एजेन्सी

आर्थिक संकटमा फसेको श्रीलंकाले लगायो ३०० बढी वस्तुमा आयातमा प्रतिबन्ध Read Previous

आर्थिक संकटमा फसेको श्रीलंकाले लगायो ३०० बढी वस्तुमा आयातमा प्रतिबन्ध

अब नेपालमै सामसङका टीभी उत्पादन हुने, नवलपरासीमा उद्योग स्थापना Read Next

अब नेपालमै सामसङका टीभी उत्पादन हुने, नवलपरासीमा उद्योग स्थापना