बोर्डले घटायो सी-आस्वा शुल्क, अब आइपीओ भर्दा कति तिर्नुपर्छ ?

काठमाडौं । अब प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा ५ रुपैयाँ मात्र शुल्क लाग्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो ।

हाल बैंकहरुले अधिकतम् १०० रुपैयाँसम्म सीआस्वा शुल्क लिँदै आएका छन् । पछिल्लो समय २० लाख बढीले आइपीओ भर्दै आए पनि थोरैले मात्र सेयर पाउने गरेका छन् । सेयर नपर्ने तर, बैंकहरुले महँगो सीआस्वा शुल्क लिने गरेको भन्दै घटाउन लगानीकर्ताले माग गर्दै आएका थिए ।

लगानीकर्ताको गुनासोलाई सम्वोधन गर्दै सी-आस्वा शुल्क निर्धारण गरिएको बोर्डले जनाएको छ । लगानीकर्ताले आइपीओ परे मात्र सीआस्वा चार्ज लाग्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

अहिले स्ट्याण्डर्ड चार्टर्डले सी आस्वा शुल्कबापत १०० रुपैयाँ लिँदै आएको छ भने अन्य बैंकले १० देखि २५ रुपैयाँ शुल्क लिँदै आएका छन् । नबिल, राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एसियाले भने सीआस्वा शुल्क लिँदैनन् ।

साउनमा ३ बैंकको मात्र निक्षेप बढ्दा १२ को कर्जा घट्यो, कुनको कति ? Read Previous

साउनमा ३ बैंकको मात्र निक्षेप बढ्दा १२ को कर्जा घट्यो, कुनको कति ?

१२ लाख भूमिहीनको निवेदन सङ्कलन, चालु वर्ष ५ लाखले लालपुर्जा पाउने Read Next

१२ लाख भूमिहीनको निवेदन सङ्कलन, चालु वर्ष ५ लाखले लालपुर्जा पाउने