नेप्सेमा सामान्य अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बजार खुल्ने बित्तिकै २० अंकले बढेको नेप्से अन्त्यमा ७ अंकले घटेर बन्द भएको हो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २१८ कम्पनीको २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ भने व्यापार समूह १.९३ प्रतिशतले घटेको छ ।

आज पनि रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर १० करोड र नेष्डो लघुवित्त साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

सामान्य अंकले घटेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने अपर हेवाखोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

साउनमा झन्डै २ अर्बको बिजुली निर्यात, थप ४ हाइड्रोको बिजुली विक्रीको प्रस्ताव Read Previous

साउनमा झन्डै २ अर्बको बिजुली निर्यात, थप ४ हाइड्रोको बिजुली विक्रीको प्रस्ताव

अझै अन्योलमा परीक्षणकालीन चालक अनुमतिपत्र Read Next

अझै अन्योलमा परीक्षणकालीन चालक अनुमतिपत्र