१४७ प्रतिशत हकप्रदका लागि राधी विद्युतले तोक्यो बुकक्लोज

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१४७५२ अनुपातमा हकप्रद जारी गर्न भदौ १२ गते बुकक्लोज गर्ने भएको छ । यसर्थ, भदौ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो ।

हाल ६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रदको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

पश्चिम सेती र सेती-६ जलविद्युत आयाेजना अध्ययनका लागि भारतीय कम्पनीसँग सम्झाैता Read Previous

पश्चिम सेती र सेती-६ जलविद्युत आयाेजना अध्ययनका लागि भारतीय कम्पनीसँग सम्झाैता

शून्य लागतमा मलेसियामा रोजगारी, पहिलो चरणमा १ हजार जना लैजाने Read Next

शून्य लागतमा मलेसियामा रोजगारी, पहिलो चरणमा १ हजार जना लैजाने