प्रभु बैंकको ५० हजार कित्ता सेयर १४० रुपैयाँमै किन्ने अवसर !

काठमाडौं। प्रभु बैंकको ५० हजार कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आउने भएको छ । बैंकले भदौ १० गतेदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि दिन सक्नेछन्। लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लागि आवेदन दिनुपर्नेछ । यस्तै, सेयरको न्यूनतम मूल्य १४० रुपैयाँभन्दा घटाउन पाइने छैन् ।

संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ १७ गतेसम्म विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

कलंकीको खसी बजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम Read Previous

कलंकीको खसी बजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति, कुन देशका लागि कति ? Read Next

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति, कुन देशका लागि कति ?