कलंकीको खसी बजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खु (कलंकी)स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।

वडा नम्बर १४ मा पर्ने भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले हटाउन लागिएको सूचनामा उल्लेख छ।

भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७-८-०-० जग्गामा खसी बजारले गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए ।

वातावरण सम्बन्धी अध्ययन प्रतिवेदनले उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको औंल्याएको छ ।

१५ दिनभित्र उक्त जग्गामा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको महानगरपालिकाले अन्यथा कानुन अनुसार हटाइने चेतावनी दिएको छ ।

जोरपाटी-सुन्दरीजल सडक : ७ वर्षमा पनि बनेन ७ किमी सडक, पुलको अत्तोपत्तो छैन Read Previous

जोरपाटी-सुन्दरीजल सडक : ७ वर्षमा पनि बनेन ७ किमी सडक, पुलको अत्तोपत्तो छैन

प्रभु बैंकको ५० हजार कित्ता सेयर १४० रुपैयाँमै किन्ने अवसर ! Read Next

प्रभु बैंकको ५० हजार कित्ता सेयर १४० रुपैयाँमै किन्ने अवसर !