अब घरमै बसीबसी नबिल बैंकबाट बिनाधितो ऋण सकिने, कति लाखसम्म पाइन्छ ?

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा पहिलो पटक घरमै बसीबसी बिना धितो लोन दिने भएको छ । बैंकले आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको हो ।

‘नबिल फोनलोन – क्यू आर मर्चेन्ट’नामको सेवाको सुरुवात्सँगै क्यूआर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङमार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।

नबिल बैंकले युएनसिडिएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्षित गरि यो सुविधा ल्याएको हो ।

सो सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरूले नबिलको क्यू आर मर्चेन्ट एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।

सो सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना भन्छन् ‘यो नबिलले ल्याएको पूर्ण रूपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं ।’

उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।

सुरुवाती चरणमा व्यवसायीहरूले १ लाख रुपैयाँसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए । यस भन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।

राजविराजबाट सवारीधनी प्रमाणपत्र र लाइसेन्स नवीकरण गर्न सकिने Read Previous

राजविराजबाट सवारीधनी प्रमाणपत्र र लाइसेन्स नवीकरण गर्न सकिने

श्री एयरलाइन्सले भदौ ५ देखि काठमाडौं-पोखरा उडान भर्ने Read Next

श्री एयरलाइन्सले भदौ ५ देखि काठमाडौं-पोखरा उडान भर्ने