सेयर बजारमा लगातार दोहोरो अंकको बढोत्तरी

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा दोस्रो दिन पनि दोहोरो अंकको बढोत्तरी आएको छ । आज सूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ ।

 

सोमबार सूचक दोहोरो अंकले बढेपनि कारोबार रकम साढे १६ करोडमा सीमित भएको थियो भने आज कारोबार रकम करिब १५ करोडले बढेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १०.१३ अंकले बढेर ११४५.६९ विन्दुमा पुगेको छ । आज १६४ कम्पनीको ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । १३ लाख ८६ हजार ०२८ कित्ता सेयर किन बेच भएका छन् ।

 

आज कारोबार भएका १६४ कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

कारोबार भएका ११ वटा समूहमध्येमा तीन समूहको सूचक ओरालो लागेका छन् भने ८ समूहको सूचक बढेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ४९.१२ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि १२.८१ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ७ करोड १ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा शिबम् सिमेन्ट र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । शिबमको ४ करोड ३० र इन्भेष्टमेन्ट को ३ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज सिनर्जी पावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.८५ प्रतिशतले बढेके छ भने सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेको छ ।

बैंकका सीईओ नाफा बनाउने मेसिन होइनन्, दीर्घकालीन योजनाकार बनाऊ Read Previous

बैंकका सीईओ नाफा बनाउने मेसिन होइनन्, दीर्घकालीन योजनाकार बनाऊ

भेरी बबई डाइभर्सन कम्पनी मोडलमा अघि बढाइने, जनताले ४९ प्रतिशत सेयर पाउने Read Next

भेरी बबई डाइभर्सन कम्पनी मोडलमा अघि बढाइने, जनताले ४९ प्रतिशत सेयर पाउने