सेयर बजारमा उच्च अंकको कमब्याक, यी ८ कम्पनीकाे मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सेले ११० अंकको गिरावटपछि आज कमब्याक गरेको हो ।

वाणिज्य बैंकहरुले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा सुधार आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले बढेर झन्डै साढे २ अर्ब रुपैयाँ पुगेको छ ।

सोमबार नेप्से ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको छ । यसदिन २१५ कम्पनीको २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.५४ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ साढे १२ करोड रहिमालयन डिस्ट्रीलरी ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्री इन्भेष्टमेन्द, मल्टीपर्पस फाइनान्स र राधी विद्युत् कम्पनीक सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, रिभर फल्स पावर, पञ्चकन्या माइ हाइड्रोपावर, अपर हेवाखोला, राष्ट्र उत्थान लघुवित्त, हिमालयन ऊर्जा कम्पनी र सेन्टर फाइनान्सका सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरू Read Previous

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरू

व्यापारमा सधैं चीनको तगारो : यस वर्ष दशैंका लागि नयाँ सामान नआउने, भाउ बढ्ने Read Next

व्यापारमा सधैं चीनको तगारो : यस वर्ष दशैंका लागि नयाँ सामान नआउने, भाउ बढ्ने