भदौमा पनि बैंकहरूले ब्याजदर नबढाउने, संस्थागत निक्षेपको भने घट्ने

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।

ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको निष्कर्ष निकाल्दै बैंकहरूले ब्याजदर नबढाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले नीतिगत बैंक्दर बढाउँदै ब्याज बढाउन दबाब दिए पनि बैंकहरूले भने ब्याज नबढाउने भएका हुन् ।

बैंकहरूले निक्षेपको ब्याज नबढाउने निर्णय गरेको यो पाँचौ महिना हो । वाणिज्य बैंकहरूले गत चैत यता निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।

व्यक्तिगत निक्षेपको ब्याज नबढाएका बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर भने घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुर्छ । सोही अनुसार अब संस्थागत निक्षेपको ब्याजदर घटाएर ९.०३ प्रतिशतमा झर्ने भएको छ।

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण, ५ वर्षमा भित्रिए १४ हजार Read Previous

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण, ५ वर्षमा भित्रिए १४ हजार

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरू Read Next

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरू