सानिमा बैंकले आइएफसीबाट ल्यायो साढे २ अर्ब विदेशी ऋण

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट साढे २ अर्ब बढी ऋण ल्याएको छ ।

बैंकले आइएफसीबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब ५४ करोड नेपाली रुपैयाँ विदेशी ऋण ल्याएको हो ।

गत आर्थिक वर्षमा सानिमा बैंकले यस्तो ऋणको लागि पहल गरेको भए पनि चालु आर्थिक वर्षमा यस्तो ऋण प्राप्त भएको बैंकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरूको पङ्क्तिमा आफूलाई उभ्याउन सफल भएको बैंकले जारी गरिको विज्ञप्तिमा भनिएको छ ।

हाल बैंकिङ प्रणालीमा रहेको तरलता समस्याका बीच प्राप्त यो सहयोगले लघु, साना तथा मझौला क्षेत्रमा कर्जा प्रावहको लागि सहजता हुने बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताए।

तरलता संकट र हाल मुलुकमा घट्दै गएको विदेशी मुद्रा सञ्चितिमा समेत यसले राहत पुग्ने आइएफसी नेपालको लागि आवासीय प्रतिनिधि बाबकार एस फइले बताए।

एक वर्षमा काठमाडौं महानगरले गर्‍यो ७ अर्ब ३१ करोड खर्च Read Previous

एक वर्षमा काठमाडौं महानगरले गर्‍यो ७ अर्ब ३१ करोड खर्च

त्रिविका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने Read Next

त्रिविका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने