नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला तीन कारोबार दिनमै नेप्से ६५ अंकले घटेको छ ।

बुधबार नेप्से ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँ बराबरको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये लगानी र उत्पादनमूलक बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.४९ प्रतिशतले घटेको छ ।

आज पनि नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट पौने ७ करोड र हिमालयन डिस्ट्रीलरी साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, हिमालयन पावर, गुडविल फाइनान्स, सिद्धार्थ इक्वीटी फण्ड, लक्ष्मी लघुवित्त, कर्णाली डेभपलमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स पावरको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डमा १३८ घर टहरा हटाइने, साढे २ करोड मुआब्जा दिइने Read Previous

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डमा १३८ घर टहरा हटाइने, साढे २ करोड मुआब्जा दिइने

व्यापार खस्किएपछि आफूलाई 'अपग्रेड' गर्दै डिशहोम Read Next

व्यापार खस्किएपछि आफूलाई 'अपग्रेड' गर्दै डिशहोम