एलन मस्कले किन बेचे टेस्लाको साढे ८ खर्बको सेयर ?

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले आफ्नो स्वामित्वको ६.९ अर्ब डलर ( करिब ८ खर्ब ६८ अर्ब नेपाली रुपैयाँ)बराबरको सेयर बेचेका छन्।

अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेन्ज कमिसिन (एसईसी)का अनुसार मस्कले ७० लाख ९२ हजार कित्ता सेयर ६.९ मिलियन डलरमा बेचेका हुन् । उनले सो सेयर अगस्ट ५ देखि ९ तारिखको बीचमा बेचेको एसईसीकाे तथ्यांकमा उल्लेख ।

सन् २०२२ मै मस्कले टेस्लाको सेयर बेचेको यो दोस्रो पटक हो । यसअघि उनले गत अप्रिलमा पनि टेस्लाको साढे ८ अर्ब डलर बराबरको सेयर बेचेका थिए।

मस्कले ट्‍वीटर डिलमा जारी कानुनी लडाइ हारेको खण्डमा उक्त रकम ट्‍वीटरमा लगानी गर्न सहज हुने भन्दै टेस्लाको सेयर बेचेको मस्कले ट्वीटमार्फत जानकारी गराएका छन् ।

उनले जुलाइको सुरुवातमै ट्‍वीटर किन्न भएको ४४ अर्ब डलरको सम्झौतालाई तोडेका थिए। यसविरुद्ध ट्‍वीटरले उनलाई कारोबार पूरा नगरेकोमा अदालत मुद्दा हालेको छ ।

यदि सो मुद्दा हारेमा ट्वीटर किन्न आवश्यक रकमको जोहो गर्न उनले टेस्लाको सेयर बेचेका हुन् ।उनले ट्‍वीटर डिलबारे कुनै निर्णय भएन भने फेरि टेस्लाको सेयर किन्ने समेत बताएका छन्।

४ महिनाको बीचमा दुई पटक सेयर बेचेपछि मस्कको टेस्लामा स्वामित्व घट्दै गएको छ । अब मस्कसँग टेस्लाको १५ करोड ५० लाख डलर बराबरको सेयर रहेको छ, जुन कम्पनीको १५ प्रतिशतभन्दा कम हुने आकलन गरिन्छ।

एक वर्षको अवधिभित्र मस्कले टेस्लामा रहेको उनको ३२ अर्ब डलर बराबरको सेयर बेचिसकेका छन्।

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा Read Previous

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरू Read Next

डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरू