चीन जाेड्ने मुख्य नाका रसुवागढीसँग सम्पर्क टुट्यो, पहिरोले सडक नै बगायो

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती-कालिकास्थान तथा बेत्रावती-मैलुङ दुवै सडक अवरुद्ध भएको छ। गएराति परेको भारी वर्षका कारण आएको पहिरोले दुवै सडक अवरुद्ध भएका हुन् ।

रसुवाको उत्तरगया गाउँपालिका ५ स्थित बनुवामा कालोपत्र सडक नै बगाएको छ भने अन्य विभिन्न ठाउँमा सडकमा पहिरो थुप्रिएको छ ।

सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या देखिएको छ ।

पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। बनुवामा सडक नै बगाएकाले संचालनमा ल्याउन केही दिन लाग्ने जनाइएको छ ।

४० खर्ब कर्जा लगानी गरेका बैंकहरूसँग आफ्नो पैसा चाहिँ कति छ ? Read Previous

४० खर्ब कर्जा लगानी गरेका बैंकहरूसँग आफ्नो पैसा चाहिँ कति छ ?

पूर्वपश्चिम राजमार्गमा ५ महिनामै बन्यो पक्की पुल Read Next

पूर्वपश्चिम राजमार्गमा ५ महिनामै बन्यो पक्की पुल