Advertisement Section

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

Advertisement Section

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

कम्पनी संचालक समितिको गत असार ७ गतेको १२० औं बैठकले निर्णय गरे अनुसार श्रेष्ठ साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि सीईओमा पुनः नियुक्त भएका हुन् ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले श्रेष्ठ दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफूलाईसहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी, ग्राहकलाई धन्यवाद व्यक्त गरे ।

 

हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक निर्माण सुरू, ७५ करोडमा ठेक्का Read Previous

हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक निर्माण सुरू, ७५ करोडमा ठेक्का

प्रभु लाइफको 'बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन' सम्पन्न Read Next

प्रभु लाइफको 'बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन' सम्पन्न