सानिमा माइ हाइड्रोपावरको खुद नाफा ३३ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा माइ हाइड्रोपावरको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्ममा ५४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जबकी अघिल्लो आवमा कम्पनीले ४० करोड ६४ लाख खुद नाफा कमाएको थियो ।

विद्युत् विक्री आम्दानी र संचादन मुनाफा बढ्दा कम्पनीको खुद नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी ९.९६ प्रतिशत बढेर ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

हाल ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९१ करोड ७० लाख र अन्य रिजर्भ कोषमा ९४ लाख १३ हजार रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ३.०३ रुपैयाँ बढेको छ । अघिल्ले वर्ष १४.४७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १७.५० रुपैयाँ पुगेको छ । कम्प्नीको प्रतिसेयर नेटवर्थ १२९.९९ रुपैयाँ रहेको छ ।

१२ वर्षम पनि बनेन अरुण नदीमा पुल, ४ करोड सकिएपछि ठेक्का रद्द Read Previous

१२ वर्षम पनि बनेन अरुण नदीमा पुल, ४ करोड सकिएपछि ठेक्का रद्द

युनिलिभरको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी नै १६२९ रुपैयाँ Read Next

युनिलिभरको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी नै १६२९ रुपैयाँ