अब ई-सेवा‍बाटै होटल बुक गर्न सकिने, आज ६ बजेसम्म बुक गरे ५० प्रतिशत छुट

काठमााडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ। योसँगै अबदेखि ग्राहकले सहजै ई-सेवामार्फत होटल बुक गर्न सक्नेछन्।

ग्राहकहरूले ई-सेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन्। ई-सेवामा हाल होटलहरू सूचीकरण गर्ने कार्य जारी छ। ई-सेवामा भएका होटलहरूको सूची ई-सेवा होटल डटकममा गएर हेर्न सकिनेछ।

ई-सेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ। हाल यो सेवा एनड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केही दिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ कम्पनीले बताएको छ।

ई-सेवामा होटल सेवा सुरू भएसँगै ई-सेवाका होटल विभाग प्रमुख अनुज विष्टले भने, ‘विविध सेवाहरूलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौं यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौं। साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्‍याउँछ भन्ने विश्वास लिएका छौं।’

उनले भविष्यमा अन्तर्राष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरूलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउने बताए।

ई-सेवाले हाल एनड्रोइड मोबाइलमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।

ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

ठमेलभित्रको अव्यवस्थित तार हटाइने, ७ सदस्यीय समिति गठन Read Previous

ठमेलभित्रको अव्यवस्थित तार हटाइने, ७ सदस्यीय समिति गठन

सहकारीहरूका लागि कोप कार्ड सेवा सुरू Read Next

सहकारीहरूका लागि कोप कार्ड सेवा सुरू