सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा ३० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीस्थित राजी क्लिनिक प्रालि बीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएके छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ परीक्षणहरूमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् ।

यस्तै, ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइनेछ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरूको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ। यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्नेमा पनि बैंक विश्वस्त छ ।

बैंकले वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायले यसअघि नै बैंकले कियोस्क, ईकेवाइसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरिसकेको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न Read Previous

नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

पर्यटकको सहजताका लागि ‘माइ होटल एण्ड होम डटकम’ Read Next

पर्यटकको सहजताका लागि ‘माइ होटल एण्ड होम डटकम’