दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, तिरायो जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा नियामकीय निर्देशन पालना नगरेको स्ट्याण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई कारबारी गरेको हो।

राष्ट्र बैंकले दुवै बैंकलाई अनिवार्य नगद मौज्दातरवैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही गरेको हो । साथै, राष्ट्र बैंकले दुवै बैंकलाई नगद जरिवाना समेत तिराएको छ ।

स्ट्याण्डर्ड चार्टर्डलाई ६३ हजार ५९७.८३ रुपैयाँ र एनसीसीलाई ४९ हजार ८८१.७५ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आफूले तोकेका प्रावधान पूरा नगर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्दै आएको छ ।

विदेश पठाइ दिन्छु भन्दै २ करोड ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर Read Previous

विदेश पठाइ दिन्छु भन्दै २ करोड ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर

नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न Read Next

नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न