काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सगरमाथा इन्स्योरेन्स र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था बोनस सेयर सूचीकृत भएको हो ।
सगरमाथाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २० प्रतिशत अर्थात् २२ लाख २२ हजार ७१५ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।
त्यसैगरी, एनएमबी माइक्रोफाइनान्सले २१.५० प्रशित अर्थात् ११ लाख ६० हजार ५८०.३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।