सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट

काठमाडौं । साताको चाैथाे काराेबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ को बिन्दुमा रोकिएको छ ।

बुधबार २१८ कम्पनीको ५७ हजार ४२३ पटकको सेयर कारोबारमा ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर किनबेच भएको हो । आज ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ  बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको घटेको छ । टे्र्रडिङ समूहको सेयर मूल्य सबैभन्दा धेरै ३.८१ प्रतिशतले बढेको छ भने अन्य समूहको १.११ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर कम्पनीको १५ करोड,हिमालयन डिस्ट्रीलरी ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामलिङ पावर कम्पनी र बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

यसदिन सबैभन्दा धेरै गुमाउनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानकिर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य ३.९२ प्रतिशतले घटेको छ ।

नेपालमै पहिलोपटक केबलकारभित्र रेष्टुरेन्ट Read Previous

नेपालमै पहिलोपटक केबलकारभित्र रेष्टुरेन्ट

सडकमा थुप्रेको दूर्गन्धित फोहोर र बालेनका 'वाचा' Read Next

सडकमा थुप्रेको दूर्गन्धित फोहोर र बालेनका 'वाचा'