श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस नतिजा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट गरिएको छ ।

कम्पनीको सेयर विक्री प्रबन्धक सानिमा क्यापिटल मार्केट लिमिटेडले आज बिहान साढे १० बजे आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । १३ लाख १२ हजार ५०३ जनाको हात रित्तो भएको छ ।

कम्पनीले साउन ४ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबराको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओमा विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ? 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र श्वेत गंगा हाइड्रोपावर लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

तमोर कोरिडोर 'आसफाल्ट' प्रविधिबाट कालोपत्र गरिने, पौने ६ अर्ब स्रोत सुनिश्चित Read Previous

तमोर कोरिडोर 'आसफाल्ट' प्रविधिबाट कालोपत्र गरिने, पौने ६ अर्ब स्रोत सुनिश्चित

इन्धन आयात दोब्बरले बढ्यो, एक वर्षमा पौने २ खर्बको आयात Read Next

इन्धन आयात दोब्बरले बढ्यो, एक वर्षमा पौने २ खर्बको आयात