नेप्सेमा ४ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सवा ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर सूचीकृत भएको हो ।

नबिलले साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब साविकका बंगलादेश बैंकका सेयरधनीले अब नबिल बैंकको नाममा सेयर कारोबार गर्न पाउने छन् ।

दालको कन्टेनरमा चुरोट ल्याउने कालिका इन्टरप्राइजेजलाई पौने ११ करोड जरिवाना Read Previous

दालको कन्टेनरमा चुरोट ल्याउने कालिका इन्टरप्राइजेजलाई पौने ११ करोड जरिवाना

अभियान लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

अभियान लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?