काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । प्रफिट बुक गर्ने हाबी हुँदा दिनभर तीव्र उतरचढाव रहेको नेप्से अन्त्यमा झिनो अंकले घटेर बन्द भएको हो ।
सूचकमा झिनो गिरावटआए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले घटेर सवा ३ अर्बम सीमित भएको छ ।
मंगलबार नेप्से २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा आइपुगेको छ । यसदिन २१७ कम्पनीको ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको घटेको छ । व्यापार समूह सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ भने अन्य समूह १.०४ प्रतिशतले घटेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी झन्डै १० करोड र फरवार्ड लघुवित्त ९ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिन्ध्यवासिनी हाइड्रोपावर, सामलिङ पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यसैगरी,