एनआइसी एशिया क्यापिटलले ५५ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

क्यापिटल संचालक समितिको साउन १५ गते बसेको बैठकले ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न क्यापिटलले भदौ ८ गते छैठौं वार्षिक साधारण सभा समेत बोलाउने निर्णय गरेको छ ।

क्यापिटल एनआईसी एशिया बैंकको शतप्रतिशत लगानी भएको संस्था हो । क्यापिटलले वितरण गर्ने लाभांश बैंकको आम्दानी हुनेछ ।

कोदोको ब्रान्डिङमा स्थानीय तह, 'कोदो हब’ बन्दै मकवानपुरगढी Read Previous

कोदोको ब्रान्डिङमा स्थानीय तह, 'कोदो हब’ बन्दै मकवानपुरगढी

महिला लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि Read Next

महिला लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि