ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

 

बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

 

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।

 

बैंकले हाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत् आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ।

टेलिकमकाे दशैं अफर : पूरानो सिमलाई फोरजीमा परिवर्तन गर्दा शुल्क नलाग्ने Read Previous

टेलिकमकाे दशैं अफर : पूरानो सिमलाई फोरजीमा परिवर्तन गर्दा शुल्क नलाग्ने

मूल्य नतोकिँदा खसीबोका बिक्री हुन सकेनन् Read Next

मूल्य नतोकिँदा खसीबोका बिक्री हुन सकेनन्