सातामै १२१ अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । यससासात सेयर बजारमा मंगलबार बाहेक लगातार दोहोरोे अंकको वृद्धि भएको छ । मंगलबार ४५ अंकले घटेको नेप्से अरु पाँचै दिन दिन दोहोरो अंकले बढेको हो । समग्रमा यससाता नेप्से १२१ अंकले बढेको छ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १२.९३ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेको छ । यसदिन २१६ कम्पनीको २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरको ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये निर्जीवन बीमा, हाइड्रोपावर र म्युचुअल फण्ड बाहेक बाँकी १० समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.६१ प्रतिशतले बढेको छ भने होटल समूह पनि ४.२१ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंक ९ करोड र नागरिक लगानी कोष पौने ८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंक ८.८४, एक्सेल डेभलपमेन्ट बैंक ६.८४, सप्तकोशी विकास बैंक ६.१५, बोटलर्स नेपाल ६.१२, सोल्टी होटल, सप्तकोशी विकास बैंक, स्वरोजगार लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले पनि ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर मूल्यमा कसरी लाग्यो पोजेटिभ सर्किट ? Read Previous

कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर मूल्यमा कसरी लाग्यो पोजेटिभ सर्किट ?

७१ मेगावाटको निलगिरी ‘क्यासकेड’ जलविद्युतको सुरुङ ‘ब्रेक थ्रु’ Read Next

७१ मेगावाटको निलगिरी ‘क्यासकेड’ जलविद्युतको सुरुङ ‘ब्रेक थ्रु’