कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर मूल्यमा कसरी लाग्यो पोजेटिभ सर्किट ?

काठमाडौं । मर्जरमा गएर दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको रिलायन्स लाइफको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जरमा गएपछि असार २९ गतेदेखि सेयर कारोबार रोक्का भएको कम्पनीको आज सेयर मूल्य १० प्रतिशत बढेको हाे । ३४१.७० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३.५० रुपैयाँ बढेर ३६८.५० रुपैयाँ पुगेको छ ।

शुक्रबार बिहान ११:४५ बजेसम्म रिलायन्सको १६ पटकको कारोबार मार्फत २ लाख २४ हजार १२६ रुपैयाँ बराबरको ६१० कित्ता सेयर कारोबार भएको हो ।

मर्जरमा गएका कम्पनीको सेयर एकीकृत कारोबार नहुन्जेल रोक्का हुने भए पनि भुलबस आज कारोबारमा आएको नेप्सेले जनाएको छ । कारोबारमा आएको केहीबेरमै सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीकाे शीर्ष स्थानमा आएपछि नेप्सेले थाहा पाएको थियो ।

सेयर कारोबार खुलेको थाहा पाए लगत्तै नेप्सेले पुनः कारोबार रोक्का गरेको हो । १२ बजेपछि रिलायन्सको नाम सेयर कारोबार गर्न पाउने कम्पनीको लिस्टबाटै हटाइएको छ ।

हेटौँडावासीले मासिक १० हजार लिटर पानी निःशुल्क पाउने Read Previous

हेटौँडावासीले मासिक १० हजार लिटर पानी निःशुल्क पाउने

सातामै १२१ अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

सातामै १२१ अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी