बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व सूचनाबिना नै रोकेका हुन्।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गएको गाडी स्थानीय बासिन्दाले दुईतर्फी नै गुडाउन मिल्ने गरी सडक मर्मतको माग गर्दै रोक लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो ।

आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए ।

फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

स्थानीयले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ।

स्थानीयवासीले सडक निर्माण पूरा नगरी फोहोर नलैजान नदिने उनीहरूले बताएका छन्। उपत्यकाको फोहोर लैजाने क्रममा बञ्चरेडाँडाका स्थानीयले यसअघि पनि विभिन्न समयमा अवरोध गर्दै आएका थिए।

विभिन्न समयमा सहमति हुने र कार्यान्वयन नहुने यहाँको पुरानै र लामो कथाव्‍यथा रहेको छ। आजदेखि फोहर उठाउने भनिए पनि समस्या भएको छ । फोहर नउठ्दा काठमाडौंमा दुर्गन्ध फैलिएको छ ।

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि Read Previous

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि

हराएका २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता Read Next

हराएका २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता