नेप्सेमा कालिका पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस बापतको ९ लाख कित्ता बोनस सेयरसूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

उपत्यकाको फोहर भोलिदेखि उठाइने Read Previous

उपत्यकाको फोहर भोलिदेखि उठाइने

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा Read Next

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा