थप दुई कम्पनीले पाए आइपीओ निष्काशन गर्न अनुमति, कुनले कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले खप्तड लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले इष्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । इष्टर्नले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड २४ लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता जारी गर्न अनुमति पाएको हो ।

यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधरणका लागि सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

यस्तै, खप्तड लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।

लघुवित्तको सेयरको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

वित्तीय स्थिरता र खस्किदो अर्थतन्त्रलाई लयमा ल्याउने मौद्रिक नीति : सीबीफिन Read Previous

वित्तीय स्थिरता र खस्किदो अर्थतन्त्रलाई लयमा ल्याउने मौद्रिक नीति : सीबीफिन

भ्रष्टाचारको अखडा स्थानीय तह : सरकारी सम्पत्तिको दोहोन, आसेपासेकाे पोषण Read Next

भ्रष्टाचारको अखडा स्थानीय तह : सरकारी सम्पत्तिको दोहोन, आसेपासेकाे पोषण