मौद्रिक नीतिपछि नेप्सेमा लगातार उछाल, १ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार मैत्री मौद्रिक नीति ल्याएपछि नेप्सेमा लगातार उछाल आएको छ । पछिल्ला दुई दिनमै नेप्सेमा ११६ अंकले बढेको हो ।

आइतबार एकैदिन ६१ अंकले बढेको नेप्से आज ५५ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उच्च बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले बढेर ४ अर्ब नाघेको छ ।

सोमबार नेप्से ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेको छ । यसदिन २१४ कम्पनीको ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स, विकास बैंक, अन्य, माइक्रोफाइनान्स लगायत समूहका कम्पनीको मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.९९ प्रतिशतले बढेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे १४ करोड र नेपाल टेलिकम ११ करोड बढीको कारोबार कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज एक दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, मल्टिपर्पस फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मौदी हाइड्रोपावर, सूयोदय वोमी लघुवित्त, मानुषी लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, समृद्धि फाइनान्स, गोर्खा फाइनान्स, गुह्येश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट र पोखारा फाइनान्सको सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

वैदेशिक व्यापारमा नयाँ कीर्तिमान, बजेटभन्दा धेरै व्यापार घाटा Read Previous

वैदेशिक व्यापारमा नयाँ कीर्तिमान, बजेटभन्दा धेरै व्यापार घाटा

इन्धन आयातमै बाहिरियो सवा ३ खर्ब, डिजेल मात्रै १ खर्ब ६८ अर्बको Read Next

इन्धन आयातमै बाहिरियो सवा ३ खर्ब, डिजेल मात्रै १ खर्ब ६८ अर्बको