काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
सोमबार बिहान ९ बजे कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । १२ लाख बढी जनाको हात रित्तो भएको छ ।
कम्पनीले असार २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र राप्ती हाइड्रो एण्ड जनरलको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।